अपडेट 
२०८० जेष्ठ १०, बुधबार ०७:११

सर्लाही जिल्ला मलंगवाबाट स्रोत नखुलेको नेपाली रुपियाँसहित एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको बिहार राज्य सीतामढी जिल्ला सोनवर्षा थाना सोनवर्षा ग्राम पञ्चायत–. ५का रामश्रेष्ठ पासवानका छोरा २२ वर्षीय कालु पासवानलाई प्रहरीले भारतबाट अवैध रुपले नगद रुपियाँ नेपाल ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको छ । पासवानलाई मलंगवा नगरपालिका–८, स्थित गोरखकाली प्रहरी चौकी अगाडि चेकजाँच गर्दा उनको साथबाट दुई लाख ७० रुपियाँ नेपाली नगद फेला परेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियार थारुले बताए । अवैध रकमसहित पक्राउ परेका पासवानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News