अपडेट 
२०८० जेष्ठ १०, बुधबार ०७:२६

यस वर्ष नेपालबाट हजका लागि १ हजार १ सय ८० जना हाजी हज गर्न खाडी मुलुक सउदीको मक्का मदीना जाने भएका छन् ।

प्रत्येक वर्ष नेपालसहित संसारभरिका मुस्लिम समुदाय हज गर्नका लागि सउदी जाने गरेका छन् । इस्लाम धर्मावलम्बीहरुको लागि सउदी महत्वपूर्ण तीर्थस्थल मानिएको छ । सउदी सरकारले यस वर्ष १ हजार २ सय नेपाली हज यात्रिको लागि कोटा प्रदान गरेको छ । कोभिड कालमा कोटा निकै न्यून दिएको थियो । यस वर्ष नेपाल सरकारले प्रत्येक हज यात्रीसँग ४ लाख ६५ हजार रुपैयाँ लिने परिपत्र गरेको छ । नेपाल सरकारले हज यात्रीहरुसँग चर्को रकम असुल गरे पनि हज यात्रीहरुको लागि सउदीमा बस्ने र खाने राम्रो व्यवस्थापन गर्न नसकिरहेको गुनासो रहँदै आएको छ । इस्लाम धर्मका पाँच वटा आधार स्तम्भ मध्ये हज पनि एउटा महत्वपूर्ण स्तम्भ रहेको छ । तर हज हुने खाने सम्पन्न मुस्लिमलाई अनिवार्य गरिए पनि गरिब र विपन्नलाई भने छुट गरिएको छ ।

यस वर्ष नेपालबाट हज गर्न धनुषाबाट ३३, काठमाण्डुबाट ३४, महोत्तरीबाट ४१, पर्साबाट २६ र सर्लाहीबाट ३९ जना रहेका छन् । त्यसैगरी कपिलवस्तुबाट १ सय ९१, कैलालीबाट २, सुर्खेतबाट १ बर्दियाँबाट ५ दाङ्गबाट ३ र अर्घाखाँचीबाट ८ जना रहेका छन् । त्यस्तै नवलपर ासी पश्चिमबाट ९ पाल्पाबाट २३ र चितवनबाट २ जना रहेका छन् । तनहुँबाट ३ रुपन्देहीबाट ३, नुवाकोटबाट ४, बाँकेबाट १ सय ३६, रुपन्देहीबाट १ सय ४, रौतहटबाट ९५ र बाराबाट २७ जना रहेका छन् । त्यस्तै झापाबाट १०, मोरङ्गबाट २२, सुन्सरीबाट १ सय ८४ सप्तरीबाट २ र बाँकेबाट २ जना रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News