अपडेट 
२०८० जेष्ठ १०, बुधबार १३:४८

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले शपथ लिएका छन्।

जसपाका सांसद उनी मंगलबार मन्त्री नियुक्त भएका थिए। बुधबार शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री महतोलाई शपथ ग्रहण गराएका हुन्।

साथै नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पनि शपथ लिएकी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यमन्त्री प्रमिला कुमारीलाई शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता र उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।

Comment


Related News

Latest News

Trending News