राष्ट्रिय जनगणना २०७८ को मधेश प्रदेशको नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँको आयोजनामा बुधबार जनकपुरधाममा राष्ट्रिय जनगणना २०७८ को मधेश प्रदेशको नतिजा सार्वजनिक गरिएको छ ।
जनगणना २०७८ को नतिजा अनुसार मधेश प्रदेशको जनसङ्ख्या ६१ लख १४ हजार ६ सय रहेको छ । मधेश प्रदेशमा पुरुषको जनसङ्ख्या ३० लाख ६५ हजार ७ सय ५१ अर्थात् कूल जनसङ्ख्याको ५०.१४ प्रतिशत रहेको छ । मधेश प्रदेशमा महिला भन्दा पुरुषकै जनसङ्ख्या बढी रहेको पाइन्छ । अन्य प्रदेशमा महिलाको सङ्ख्या बढी रहेको छ ।
यसै गरि महिलाको जनसङ्ख्या ३० लाख ४८ हजार ८ सय ४९ अर्थात् ४९.४८ प्रतिशत रहेको छ । औषत जनसङ्ख्या वृद्धिदर १.१९ प्रतिशत रहेको छ । मधेश प्रदेशमा जनसङ्ख्या अत्यधिक भएपनि क्षेत्रफल सानो भएकाले जनघनत्व बढी रहेको छ । मधेसमा प्रति वर्ग किलोमिटरमा ६३३ जना रहेका छन् ।