अपडेट 
२०८० जेष्ठ १०, बुधबार १७:३०

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।

 नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध विभिन्न चार वटा कसुरमा मुद्दा दर्ता गराएको हो ।

नक्कली भुटानी शरणार्थी बनाउन लागेको अभियोगमा पक्राउ परेका उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसुर र र संगठित कसुरमा मुद्दा  दर्ता गराएको हो ।

प्रहरीले सोमबार बुझाएको अनुसन्धानको फाइल अध्ययन गरेपछि बुधबार अदालतमा लगिएको हो ।

प्रहरीले ५७ दिन अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो । पक्राउ परेका १६ जना र अन्य १४ जनालाई प्रतिवादी बनाएर फाइल बुझाइएको छ ।

अभियोगपत्रमा सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गर्दै सोही बराबरको क्षतिपूर्ति माग गरिएको छ ।

Comment


Related News