अपडेट 
२०८० जेष्ठ १०, बुधबार १७:५५

धनुषा प्रहरीले विभिन्न सरसामान देखि मोटरसाईकलसम्म चोरी गर्ने २७ जना चोरलाई एकै दिन सार्वजनिक गरेको छ ।

जनकपुरधाम लगायत जिल्लाको विभिन्न स्थानमा विभिन्न मितिमा चोरी गरेको आरोपमा पक्राउ परेकाहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको हो ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार चालु आर्थिक वर्षमा हालसम्ममा जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयमा ९६ वटा चोरीको मुद्दा दर्ता हुँदा ९७ जना पक्राउ परेका छन् । यस्तै चोरीमा पक्राउ परेपनि पीडितले जाहेरी दिन नमानेपछि ३३० वटा अभद्र व्यवहारमा मुद्दा दायर गरिएको प्रवक्ता गौतमले बताए । सो मुद्दामा प्रहरीले ४ सय जनालाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै, धनुषाका प्रहरी उपरिक्षक विश्व राज खड्काले विशेष टोलीले २४ औं घण्टा जिल्लाभरिका भिड हुने ठाँउ, सरकारी कार्यालय, बजार, चोक र अस्पताल क्षेत्रमा निगरानी गर्ने गरेको जानकारी दिए । बाईट एस पी विश्वराज खड्का

उनले चोरीको घट्ना धेरै बढ्दै गएकोले सबैलाई सचेत भएर बस्न आग्रहसमेत गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News