
रौतहट जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ४ पतौरामा मंगलवार बिहान चट्यांग लागेर एक जना महिलाको मृत्यु भएको छ ।
बिहानै आधी सहित भएको बर्षाको क्रममा परेको चट्यांग लागेर स्थानीय गम्भीरा साहको ३४ वर्षीय श्रीमती प्रतिमा देवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । तेज हावाहुरी सँगै परेको चट्यांगले महिलाको मृत्यु भएको हो । बर्षा र आधीको बेला सुरक्षित रुपमा बस्नु पर्ने सुझाव प्रहरीको रहेको छ ।