अपडेट 
२०८० जेष्ठ ११, बिहीबार ०६:४५

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मंत्री कृष्णा प्रसाद यादवले रौतहट लगायत प्रदेशमा ठोस योजनाको कार्य गर्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटले बुधवार पार्टी कार्यालय गौरमा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा मन्त्री यादवले विकास निर्माणको ठोस योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । मंगलबार भौतिक पूर्वाधार विकास मन्त्रालयका जिम्मेवारी पश्चात गृह जिल्ला आएका मन्त्री यादवले संचारकर्मी संग कुरा गर्दै टुक्रे योजनाले पूर्वाधारको फलदायी नहुने जिकिर गर्दै ठोस योजनाले मात्र विकास सम्भव हुने बताए । रौतहट जिल्लामा भौतिक पूर्वाधारको विकासको प्रचुर सम्भावना रहेको भन्दै जिल्लामा अध्ययन अनुगमन गरेर भौतिक पूर्वाधारको निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता जनाए । प्रदेशमा सड़क ,नालाको विकास गर्ने आफ्नो लक्ष्य भएको बताउँदै अध्ययन गरेर सबैले हेर्ने गरी विकासको कार्यलाई गति दिने बताए ।

मन्त्री यादवले सड़कको विस्तारसंगै नालाको निर्माण जोडिएर बढ़ाए समस्याको समाधान हुने उनको कथन छ । नेपाली कांग्रेसका मधेश प्रदेश सभापतिसमेत रहेका यादवले प्रदेश सरकार जनताको हकÞ हित अधिकार संरक्षण को विषयमा गम्भीर रहेको उल्लेख गरे ।

Comment


Related News

Latest News

Trending News