अपडेट 
२०८० जेष्ठ ११, बिहीबार ०६:५०

राष्ट्रिय जनगणना ०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ ।

बुधबार मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले जनकपुरधाममा आयोजित एक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लख १४ हजार ६ सय पुगेको छ । जसमा पुरुषको संख्या ३० लाख ६५ हजार ७ सय ५१ अर्थात ५० दशमलव १४ प्रतिशत र महिलाको संख्या ३० लाख ४८ हजार ८ सय ४९ अर्थात ४९ दशमलव ८६ प्रतिशत रहेको छ । यस अघि २०६८ सालको जनगाना अनुसार मधेश प्रदेशको कुल संख्या ५४ लाख ४ हजार १ सय ४५ रहेको थियो थियो । राष्ट्रिय जनगाना २०७८ अनुसार राष्ट्रिय जनगाना वृद्धि दर शून्य दशमलव ९२ प्रतिशत रहेको अवस्थामा मधेशको जनसंख्या वृद्धि दर १ दशमलव १९ प्रतिशतले रहेको छ । राष्ट्रिय जनगाना २०७८ अनुसार सबैभन्दा वार्षिक जनसंख्या वृद्धिदर भक्तपुरको ३ दशमलव ३५ प्रतिशत रहेको छ भने मधेश प्रदेशको रौतहटमा १ दशमलव ६३ प्रतिशत रहेको छ ।

त्यसैगरी,सबभन्दा कम जनसंख्या वृद्धिदर रामेछापको माईन्स १ दशमलव ६७ प्रतिशत रहेको भने मधेश प्रदेशका पर्सा जिल्लामा सबैभन्दा कम जनसंख्या वृद्धिदर शून्य दशमलव ८२ प्रतिशत रहेको छ । त्यसैगरी,नेपालको कुल साक्षरतादर ७६ दशमलव २ प्रतिशत रहेको अवस्थामा मधेश प्रदेशको साक्षरता दर मात्रै ६३ दशमलव ५ प्रतिशत मात्रै रहेको छ । त्यसमा पनि नेपालमा महिला साक्षरताको ६९ दशमलव ४ प्रतिशत रहेको छ भने मधेशको महिला साक्षरता दर ५४ दशमलव ७ प्रतिशत मात्रै रहेको छ । नेपालमा शौचालय सुविधा प्रयोग गर्ने परिवार ९५ दशमलव ५ प्रतिशत रहेको अवस्थामा मधेश प्रदेशमा अझै ८८ प्रतिशत मात्रै शौचालयको सुविधा प्रयोग गर्ने गरेको तथ्याकमा उल्लेख छ । अर्थात अझै मधेश प्रदेशका १२ प्रतिशत जनसंख्या अझै शौचालयको पहुच भन्दा वाहिर नै रहेको छ । मधेश प्रदेशको सबैभन्दा धेरै जनघनत्व ६३५ जना धनुषा जिल्लामा रहेको छ भने सबैभन्दा कम जनघनत्व पर्सा जिल्लामा ४८४ जना मात्रै प्रतिवर्ग मिटर रहेको छ । राष्ट्रिय स्तरमा महिला परिवारमुली रहेको परिवार ३१ दशमलव ६ प्रतिशत रहेको छ भने मधेशमा २१ दशमलव ७ प्रतिशत रहेको छ । जुन २०६८ सालको जनगणनाभन्दा ८ दशमलव १ प्रतिशतले बढेको छ ।

मधेशमा १५ देखि ५९ वर्ष समूहका ५७ दशमलव ७ प्रतिशत जनसंख्या रहेको छ भने १४ वर्ष वा सो भन्दा कम उमेरका जनसंख्या ३३ दशमलव २ प्रतिशत र ६० वर्ष वा सो भन्दा माथिल्लो उमेर समूहको जनसंख्या ९ दशमलव १ प्रतिशत रहेको तथ्याकमा उल्लेख छ । मधेशका २ लाख ५२ हजार १५ परिवारबाट रोजगारि वा विभिन्न कारणले ३० लाख ४ हजार २६८ जना विदेशमा रहेका छन । नेपालमा २३ दशमलव २ प्रतिशत महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको छ । तर मधेश प्रदेश अगाडि रहेको छ । मधेश प्रदेशका २५ दशमलव २ प्रतिशत महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको राष्ट्रिय जनगाना २०७८ को तथ्यांकमा उल्लेख छ ।

राष्ट्रिय जनगानालाई विश्वनीय बनाउनुपर्छ : मन्त्री यादव

प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले राष्ट्रिय जनगाना कुनै पनि मुलुकको लागि महत्वपूर्ण तथ्यांक रहेको भन्दै यसलाई विश्वनीय बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय जनगणनाबाट प्राप्त हुने तथ्याङ्कलाई नै आधार पनि विभिन्न तहका सरकारले आफ्ना योजना तर्जुमा, नीति निर्माण तथा भविष्यका कार्य योजनाहरु तयार गरिने हुँदा यसलाई विश्वनीय बनाउनुपर्ने मन्त्री यादवले बताए । राष्ट्रिय जनगणना ०७८ सालको तथ्याङ्कमा पनि केही कमी कमजोरी रहेको बताउँदै मन्त्री यादवले भने, राष्ट्रिय जनगणना २०७८ सालमै सम्पन्न भएको थियो । तर अहिले २०८० मा मात्रै धर्म, भाषालगायतका विषय छोडेर सार्वजनिक हुनुले यसको विश्वनियता थप प्रश्न उठेको छ ।त्यसकारण अगामी दिनहरुमा यसलाई सुधार गर्दै अगाडि बढ् नुपर्छ ।‘ कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले पनि राष्ट्रिय जनगणना २०७८ मा देखिएको कमीमजोरलाई सुधार गर्दै जानुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक मनोर घिमिरेले धर्म र भाषा सम्बन्धी प्राप्त भएका तथ्याङ्कहरु ऋहिले विशलेषणको क्रममा रहेको र केही दिनमै त्योपनि सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News