अपडेट 
२०८० जेष्ठ ११, बिहीबार १०:५२

रौतहट जिल्लामा गोली प्रहार गरि एक जनाको हत्या भएको छ । गोली प्रहारबाट स्थानीय देबाही गोनाही वडा नम्बर १ निवासी ७० वर्षीय शेख तैयाबको मृत्यु भएको हो ।

घर देखी १ किलोमिटर दक्षिणमा रहेको मन्दिर नजिक बाटोमा गोली हानी हत्या गरिएको अवस्थामा बिहिवार बिहान शब भेटिएको मृतकका छोरा शेख असलमले बताएका छन् ।

गाउकै मजहर आलम भन्ने मोगले आलमले पुरानो रिसीबीको कारण घटना घटाएको आरोप लगाएका छन् । २ महिनादेखी धम्कि दिदै आएकोले हत्या आलमले नै गराएको दावी मृतकका छोरा असलमको रहेछ । २०७९ फाल्गुन १५  मा मृतक नाति शेख रिजवानको छोरा शेख रेहान र आरोपित मोगले आलमको छोरी प्रेम गरि घरबाट भागेको र भागेको १० दिन पछि केटी ईलाका प्रहरी कार्यालय गरुडामा हाजिर भै केटाको समर्थनमा ब्यान दिएको बताए । केटा अहिले सम्म फरार नै रहेको छ ।

छलफल पछि केटीलाइ बुबाको जिम्मा दिए पछि केटीले दिएको उल्टो ब्यानको आधारमा अपहरण तथा जवर्दस्ती करणी मुद्दा रोक्सना खातुन, शेख रेहान र शेख नजबुल्लाह भन्ने मुना माथि दर्ता भै जेष्ठ ९ गते रौतहट जिल्ला अदालत बाट १ लाख धरौटीमा खातुन रिहा भएको राती नै गोली हानी हत्या गरेकोले हत्यामा आलमको संलग्नता रहेको पुस्टि भै रहेको मृतकका छोरा अब्दुल कलाम भन्ने प्रवेज आलमले बताए ।

बुबाको हत्यामा करुनिया निवासी राशिद अलिका छोरा प्रवेज अन्जुम, शेख तावारक, बिशुनी पटेल, रामबाबु र जयनगर निवासी मोगले आलमको भिनाजु नाता पर्ने शेख बिगनको संलग्नता रहेको आरोप मृतकका छोरा प्रवेज आलमको रहेको छ ।

घटना हुनु भन्दा पहिला राती १२ बजेको समयमा फटाका पड्काइएको र गोली चलेको अवाज सुनिएको मृतकका भतिजो शेख इमताफले बताए । सो बेला देवाही गोनाही प्रहरी चौकीका प्रहरी समेत उपस्थित रहेको सुनाउदै सोधपुछ गर्दा भोली थाह हुने स्थानीय खोजवा देवान प्रहरीलाइ बताएको सुनाए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Comment


Related News