अपडेट 
२०८० जेष्ठ ११, बिहीबार १२:२७

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचारविरुद्ध थप संघर्षको कार्यक्रम अगाडि सारेको छ ।

पार्टीको मोर्चा संगठन विभागको बैठकबाट यही जेठ १६ गते अपराह्न ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

काठमाडौंमा माइतीघरबाट जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय गरिएको छ ।

पार्टीका नेता–कार्यकर्ताले यसअघि काठमाडौंसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News