अपडेट 
२०८० जेष्ठ १२, शुक्रबार ०६:३४

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालबाट रमेशप्रसाद कुर्मीले बिहीबार राति मन्त्री पदको शपथ लिएका छन् ।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित लोसपाका प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएसंगै मधेश सरकारले पूर्णता पाएको छ । वन तथा वातावरण मन्त्रीमा कुर्मीलाई बिहीबार राति आयोजित प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका छन् ।

लोसपा संसदीय दलका नेता अभिराम शर्माले रानी शर्मालाई मन्त्री बनाउने अडान लिएपछि लोसपालाई सरकारमा सहभागी हुन ढिलाइ भएको थियो । केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको निर्देशन विपरीत शर्माले रानीलाई नै मन्त्री बनाउनुपर्ने भन्दै कुर्मीलाई मन्त्री नियुक्त गर्न मुख्यमन्त्री कार्यालयमा पत्र दिन ढिलाइ गरेका थिए । हाल शर्मा संसदीय दलमासमेत अल्पमतमा परेका छन् । यद्यपि शपथग्रहण समारोहमा शर्मा पनि उपस्थित थिए ।

यसअघि मंगलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराइ मन्त्रिपरिषद् विस्तार गरेका थिए । नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या तथा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद् विस्तार गरिएको थियो । यता गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि मुख्मयन्त्री यादवले नै राखेका छन् । सुरिता साह र वसन्त कुशवाहा बिना विभागीय मन्त्री छन् ।

Comment


Related News

Latest News

Trending News