अपडेट 
२०८० जेष्ठ १२, शुक्रबार ०६:४४

नेेपाली कांग्रेसको रुपान्तरण अभियान बिहीबारदेखि मधेश प्रदेशको राजधानी जनकपुरधामबाट शुरु भएको छ ।

नेपाली कांग्रेस पार्टीमा विद्यमान विकृति विसंगतिलाई हटाउँदै पार्टीलाई समय सापेक्ष र विश्वासिलो र भरोसा योग्य बनाउन यो अभियान शुरु गरिएको नेपाली कांग्रेसका नेता गुरु घिमिरेले बताए । परम्परागत शैलीमा अब कांग्रेस पार्टी चल्न नसक्ने भएकोले समय सापेक्ष नेतादेखि कार्यकर्तासम्मको सल्लाह सुझाव संकलन गरी पार्टीलाई नयाँ शैलीमा रुपान्तरण गर्ने उद्देश्यले यो अभियान थालिएको उनको भनाइ थियो । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजन शाहीले कांग्रेस रुपान्तरण अभियान मेचीदेखि महाकालीसम्म चलाइने बताए । कांग्रेस पार्टीको रुपान्तरण अभियानमा पार्टीको हित चिताउने युवा नेताहरु,पार्टीलाई माया गर्ने सबैको भावना बुझेर यो अभिायन संचालन गरिएको उल्लेख गर्दै शाहीले पार्टी अव व्यक्तिवादी,सत्तावादी र स्वार्थवादीको रुपमा चल्न नसक्ने भएकोले आफूहरुले यो अभियानको जनकपुरधामबाट शुरु गरेको बताए । यो अभियान जेठ महिनाभरि सात वटै प्रदेशमा संचालन हुने उनले बताए ।

जनकपुरधाममा आयोजित रुपान्तरण कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News