अपडेट 
२०८० जेष्ठ १२, शुक्रबार ०६:४९

कांग्रेसले पार्टीबाट मधेश प्रदेश सरकारको मन्त्रिमण्डलमा सहभागी भएका मन्त्रीहरुले जनआकांक्षा अनुरुप काम गर्ने विश्वासका साथ सफल कार्यकालको शुभकामना दिइएको छ ।

नेपाली कांग्रेस सप्तरी क्ष्ोत्र नम्बर – २ का क्षेत्रीय समितिले बिहीबार आयोजना गरेको समितिको बैठक तथा शुभकामना र पार्टी सुदृढीकरण कार्यक्रममा सहभागीहरुले यस्तो विश्वाससहित शुभकामना दिएका छन् । मधेश प्रदेश सरकारमा हालै भएको मन्त्रिमण्डल पुनर्गठनमा कांग्रेसकातर्फबाट सभापति कृष्ण यादव र वीरेन्द्र सिंह सहभागी भएका छन् । कांग्रेसबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्दै पुगेका यादव र सिंहले जनआकांक्षा अनुरुप काम गर्नेमा विश्वस्त छौं, कार्यक्रममा क्षेत्रीय सभापति महानन्द यादवले यसका लागि युवा मतदातालाई आकर्षित गर्न उद्योग, पर्यटन, कृषि, निर्माण, यातायात तथा सूचना प्रविधिलगायत क्षेत्रमा बेरोजगार युवालाई जोड्नु जरुरी छ । अहिले विभिन्न क्षेत्रमा देखिएको समस्या हल गर्न असलशासन र सवल नेतृत्वको आवश्यकता रहेको भन्दै क्षेत्रीय सभापति यादवले पार्टीबाट प्रतिनिधित्व गर्दै प्रदेश सरकारमा पुगेका दुबै जनामा सो क्षमता भएको उल्लेख गरे ।

पार्टीको तिलाठी कोइलाडी गाउँपालिका कमिटिका अध्यक्ष अमीरनारायण झाले अहिले कांग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको चर्चा गर्दै यो उत्साहलाई अझ उचाइमा पु¥याउन क्षेत्रभरिका वडा,गाउँ र नगरमा संगठन सुदृढीकरण अभियान चलाउने निर्णय भएको बताए । महाधिवेशन प्रतिनिधि रामेश्वर यादवले पार्टीका स्थानीय नेता कार्यकर्तालाई टोल टोलमा संगठन निर्माण र विस्तार गर्नुपर्ने बताउँदै विभिन्न वडामा भइरहेको विकास निर्माण कार्यको निगरानी तथा बजेट अपुग भएर अलपत्र परेका अत्यावश्यक योजनालाई पूर्णता दिन बजेटका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए । पार्टीबाट प्रदेश सरकारमा पुगेका नेताहरुले जनताको दुःख,सुखमा साथ दिने काम गरे आगामी निर्वाचनमा पार्टीलाई मधेशमा पहिलो शक्तिको रुपमा स्थापित गर्न सहज हुने जिल्ला सदस्य रामअवतार मण्डलले बताए ।

कार्यक्रममा क्षेत्रीय उपसभापति महेन्द्र यादव,लोकेन्द्र नायकलगायतले निर्वाचनमा पार्टीले अपेक्षित सफलता प्राप्त गर्न नसके पनि भविष्य राम्रो रहेको भन्दै पार्टीकातर्फबाट प्रदेश सरकारको मन्त्रिमण्डलमा पुगेका मन्त्रीद्वय यादव र सिंहको सफल कार्यकालको शुभकामना र बधाइ दिएका थिए ।

Comment


Related News

Latest News

Trending News