२०८० जेष्ठ १२, शुक्रबार १७:१९
पछिल्लो २४ घण्टामा सातजना कोरोना संक्रमित थपिएका छन् । ७८८ वटा नमुना परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज आठजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

