अपडेट 
२०८० जेष्ठ १३, शनिबार ०७:०२

विद्यालय प्रशासनको लापरबाहीले एक विद्यार्थीको मृत्यु भएको भन्दै शुक्रबार विहानैदेखी पीडित पक्षले राजविराज–कुनौली सडक खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।

मृतकका आफन्त तथा आक्रोशित विद्यार्थीहरुले उचित क्षतिपूर्ति तथा लापरबाही गर्ने प्रिन्सिपल र शिक्षकमाथि कारबाहीको माग गर्दै आक्रमक ढंगले प्रदर्शन गरेका छन् । आक्रोशित विद्यार्थीहरुले विहानैदेखि चक्काजाम, नाराबाजी तथा विद्यालयमा ढुंगामुढा शुरु गरेका थिए । राजविराज नगरपालिका वडा ५ संग जोडिएको विष्णुपुर गाउँपालिकास्थित शिब्स इन्टरनेशनल बोडिङ्ग स्कुलमा कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजा भन्ने पेशलानन्द यादवलाई विहान ७ बजे तीर करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका यादवलाई तत्कालै उपचारका लागि स्थानीय छिन्नमस्ता अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकका भाइ रोशनका अनुसार विद्यालय अगाडि रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा शुक्रबार विद्यालय प्रशासनद्वारा आयोजना गरिएको अन्तरकक्षा क्रिकेट प्रतियोगिता शुरु गर्ने क्रममा साउण्ड सिस्टम बजाउनका लागि प्रिन्सिपल नरेश प्रताप साहको उपस्थितिमा शिक्षकद्वय रुपेश साह र सतपाल सुडीले विजुलीको पोलमा दाजु पेशलानन्दलाई हुकिङ्ग गर्न लगाएका थिए । सोही क्रममा अचानक उनलाई करेन्ट लागेको थियो । प्रिन्सिपल साहले भने साउण्ड सिस्टम बजाउनका लागि विद्युत हुकिङ्ग गर्न विद्यार्थीलाई आपूmहरुले नभनेको तर शिक्षकको उपस्थितिमा भएको दुःखद घटनाले केही कमजोरी भने भएको स्वीकारेका छन् । उनले यस घटनाको आन्तरिक स्तरबाटसमेत छानबिन गर्ने बताएका छन् ।

पेशालानन्द पढाइका साथै क्रिकेट खेलमा पनि अब्बल थिए । उनको मृत्युले शोकमा डुबेका परिवारजनले शुक्रबार नै विद्यालयका प्रिन्सिपल र शिक्षक विरुद्ध कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका छन् । मृतकका बुवा लक्ष्मण प्रसाद यादवद्वारा बुझाइएको जाहेरीमा घटनाको सत्यतथ्य छानबिन, दोषीलाई ज्यान कसुर सम्बन्धी मुद्दामा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

Comment


Related News

Latest News

Trending News