अपडेट 
२०८० जेष्ठ १३, शनिबार ०७:०५

नागरिक समाज र सञ्चार (सीएसएम) कार्यक्रम शुक्रबारदेखि प्रारम्भ भएको छ ।

जनकपुरधाममा आयोजित एक समारोहबीच मधेश प्रदेशकी बिना विभागीय मन्त्री सुरिता साह तथा अन्तर्र ाष्ट्रिय विकास नियोग नेपालका राष्ट्रिय निर्देशक क्यारेन बेल्चले औपचारिक रुपमा नागरिक समाज र सञ्चार कार्यक्रमको उद्घाटन गरेका छन् । पाँच वर्षसम्म संचालन हुने सीएसएम कार्यक्रमले समावेशी विकास प्रवद्र्धन गर्ने नेपाल सरकारको प्रतिवद्धता अनुरुप अगाडि बढाउने उद्देश्य रहेको छ । यस कार्यक्रममले महिला,युवा र सीमान्तकृत समुदायका लागि उनीहरुकै नेतृत्वमा संचालित स्वतन्त्र नागरिक समाज र मिडियालाई टेवा पुग्नेसमेत जानकारी दिइएको छ । कार्यक्रममा मन्त्री साहले सांस्कृतिक विविधताले भरिएको मधेश प्रदेशको खासगरी ग्रामीण क्षेत्रमा सीमान्तकृत समुदाय र मिडियाको क्षमता अभिवृद्धि गर्नु निकै चुनौतीपूर्ण रहेको बताइन् । सामाजिक रुपमान्तरणको यात्रामा मधेश प्रदेश सरकार सदैव ईमान्दारीका साथ सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

Comment


Related News

Latest News

Trending News