अपडेट 
२०८० जेष्ठ १३, शनिबार ०७:०७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका –११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गत चैत ८ गते उनीहरुलाई अख्तियारले सटिङ अप्रेशन गरी जनकपुरधामको रोहन होटलबाट पक्राउ गरेका थिए । आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको क्रममा दुबैजनाले घुस माग गरी लिएको पुष्टि भएकाले शुक्रबार अदालतमा आरोपपत्र दायर गरिएको छ । मुद्दा दायर भएपछि वडाध्यक्ष निलम्बन भएको छ । जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग उनले घुस रकम माग गरेका थिए । त्यसपछि सेवाग्रहीको उजुरी निवेदनका आधारमा बर्दिवास कार्यालयबाट खटेको टोलीले दुबैजनालाई सेवाग्राहीबाट ५० हवार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

‘घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजहरु अर्जुन कुमार चौधरी र माधव कुमार रायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निजहरुलाई बिगो पचास हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) वमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिइ शुक्रबार बिशेष अदालत, काठमाडुमा आरोपपत्र दायर गरिएको छ,’अख्तियारले सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ ।

Comment

Related News