
धनुषामा मापदण्ड विपरीत खोला उत्खनन गर्ने सात जना पक्राउ परेका छन् ।
मिथिला नगरपालिका– ५ श्रीपुर स्थित औरही खोलाबाट सात जना पक्राउ परेको छ । मिथिला नगरपालिका –५ का २३ वर्षीय कृष्ण कुमार महतो, सोही ठाउँका इन्द्रजित यादव, ३२ वर्षीय कृष्ण कुमार महतो, ३८ वर्षीय श्रीलाल महतो, ४४ वर्षीय रामबहादुर घिसिङ, २४ वर्षीय इन्द्रजित महतो र ३५ वर्षीय रोहित महतोलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीले त्यहाँबाट एउटा टयाक्टरसहित चार वटा सवारी पनि नियन्त्रणमा लिएको छ । प्रहरी र क्रसर सञ्चालकसहित उनको कामदारसँग केही समय घम्साघम्सी नै भएको थियो । प्रहरीले समानसहित मानिस नियन्त्रणमा लिने प्रयास गर्दा झड्पको स्थिति सिर्जना भएको थियो । साही क्रममा क्रसर पक्षधरको धक्काबाट एक जना प्रहरी जवानलाई चोट लागेको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार उत्खननकर्तालाई नियन्त्रणमा लिने क्रममा सामान्य धक्कामक्की भएको थियो ।
घाइतेको प्रहरी जवानको पनि स्वास्थ्य ठिक रहेको उनले बताए । प्रहरीलाई धाकधम्की दिने र जथाभावी खोलामा उत्खनन्मा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।