अपडेट 
२०८० जेष्ठ १३, शनिबार १७:०५

नेपालमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४१२ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा पाँचजनाको नतिजा पोजिटिभ आएको हो ।

यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर चारजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार २५९ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Comment


Related News

Latest News

Trending News