२०८० जेष्ठ १४, आईतवार १३:३०

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष उपेन्द्र सहनीलाई कार्वाही गर्न मांग गर्दै बसहियाका स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका छन् ।

आइतबार सयौंको संख्यामा आएका स्थानीयबासीहरुले वडाध्यक्ष उपेन्द्र सहनीविरुद्ध विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका हुन् ।

गत बिहीबार ऐलानी जग्गामा वडाध्यक्ष सहनीले सहनी धर्मशाला निमार्ण गर्ने भन्दै काम सुरु गर्न खोज्दा सार्वजनिक जग्गामा कुनै एक जातको जातीय कुट्टी नबनाई सामुदायिक दलान बनाउनु पर्ने मागसहित स्थानीयबासीले विरोध जनाएका थिए । उक्त क्रममा वडाध्यक्ष सहनीसहित केहि व्यक्तिले बिरोध गर्न आएका करिब एक दर्जन स्थानीयवासीमाथि निर्घात कुटपिट गरेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन ।

उनीहरुले कुटपिट गर्नेमाथि मुद्दा दर्ता गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्रसमेत बुझाएका छन् भने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई समेत ज्ञापन पत्र बुझाएका छन ।

Comment

Related News

Latest News

Trending News