अपडेट 
२०८० जेष्ठ १४, आईतवार १७:५१

संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री मन्त्री डा. प्रकाश शरण महतले “आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण” पेश गर्नुभएको छ ।

आर्थिक सर्वेक्षण संसदमा पेश गर्दै अर्थमन्त्री डा. महतले विश्व अर्थतन्त्रमा सुस्तता आएका कारण यसको नेपालमा पनि परेको र मुलुकको आर्थिक वृद्धि २.१६ हुने अनुमान रहेको बताउनुभयो ।

उहाँले बस्तु आयातमा भएको सङ्कुचन र समष्टिगत मागमा आएको कमीका कारण आर्थिक गतिविधिमा सुस्तता आई स्रोत व्यवस्थापनमा समेत दबाब सिर्जना भएको बताउनुभयो ।

अर्थ मन्त्री महतले गत आर्थिक वर्षमा बाह्य क्षेत्रमा देखिएको दबाब व्यवस्थापनका लागि अवलम्बन गरिएको आयात नियमन र नियन्त्रण नीतिको पुनरावलोकन र विप्रेषण प्रवाहमा भएको उल्लेख्य वृद्धिले बाह्य क्षेत्र सन्तुलनमा सुधार भएको बताउनुभयो ।

सोधारन्तर स्थिति बचतमा रहेको र विदेशी मुद्रा सञ्चिति ९.४ महिनाको आयात धान्नका लागि पर्याप्त भएको बताउनुभयो ।

आर्थिक सर्वेक्षण २०७९/८० को सरकारी स्वामित्वका ४४ सार्वजनिक संस्थान मध्ये २५ संस्थान नाफामा र १९ वटा संस्थान घाटामा सञ्चालनमा रहेको, संस्थानहरूमा सरकारको लगानी ६ खर्ब १८ अर्ब पुगेको र सरकारले यो वर्ष संस्थानहरूबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको जानकारी दिनुभयो ।

Comment


Related News