अपडेट 
२०८० जेष्ठ १६, मंगलवार ०५:१३

गणतन्त्र नेपालको प्रथम शहीद दुर्गानन्द झाको सालिक अनावरण गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ जटही जनकपुरधाम सडक खण्डको लादोमा सोमबार आयोजित एक समारोहबीच प्रेस स्वतन्त्रता सेनानी एवम् पत्रकार राजेश्वर नेपालीले झाको सालिक अनावरण गरेका छन् ।

सो क्रममा मधेश प्रदेश सांसदहरु रामसरोज यादव,दीपेन्द्र ठाकुर,धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड् का,ललन चौधरीलगायतका व्यक्तिहरुले शहीद झाको सालिकमा माल्यार्पण गर्दै झाप्रति श्रदाभाव व्यक्त गरेका थिए । यस अघि झाको सालिक जानकी मन्दिर परिसरमा निर्माण हुने बताइए पनि त्यहाँ सालिक स्थापनामा विवाद उत्पन्न भएपछि सोको लामो समयपछि सोमबार उनको सालिक अनावरण गरिएको छ ।

जनकपुरधाम भ्रमणको बेला तात्कालीन क्रुर शासक राजा महेन्द्रमाथि बम प्रहार गरेको आरोपमा २०२० माघ १५ गते दुर्गानन्द झालाई मृत्युदण्ड दिइएको थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि २०७२ फागुन १९ गते उनलाई शहीद घोषणा गरेका थिए । गणतन्त्रका लागि हाँसी हाँसी प्राणहुति दिएका दुर्गानन्द झाले शहीदको सम्मान पाउन ५२ वर्ष कुर्नु परेको थियो । २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो ।

वि.सं. १९९९ वैशाख १४ शहीद दुर्गानन्द झाको जन्म धनुषाको जटही गाउँमा देवनारायण झाको एक मात्र सन्तानको रूपमा भएको थियो ।घरको एक्लो सन्तान भएकाले मैट्रिक (एएलसी) पढ् दा–पढ्दै २०१७ सालमा १४ वर्षीया काशीदेवी झासित उनको विवाह भएको थियो । दुर्गानन्द झाको बुबाको निधन भएपछि आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उमगाँवस्थित दिनदयाल हाइ स्कुलमा झाको शिक्षादीक्षा भएको थियो ।

Comment


Related News