अपडेट 
२०८० जेष्ठ १६, मंगलवार १२:५७

जनकपुरधाममा गङ्गा दशहरा (गङ्गा दशैँ) धुमधामका साथ मनाईदै छ ।

गङ्गा दशैँको अवसरमा जनकपुरधामको दशरथ तलाउमा तिर्थालु भक्तजनहरुले घुइँचो लागेको छ । प्रत्येक वर्ष जेठशुक्ल दशमी अर्थात् गङ्गा दशहरा मनाउने परम्परा रहेको छ । आजकै दिन गङ्गा नदी पृथ्वीमा अवतरण भएको धार्मिक मान्यता छ ।

जनकपुरधामस्थित गंगा सागर, धनुष सागर, अरज्जा पोखरी र खास गरी दशरत तलाउमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुभक्तजनको घुँईचो लागेको छ । आज जसाश्यमा स्नान गर्नाले पुण्य प्राप्ति हुने मान्यता हिन्दू धर्ममा रहेको छ ।

भगीरथले अनेकौँ प्रयास गरी आजकै दिन गङ्गालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ । गङ्गा दशहराको दिन गङ्गा स्नान गर्नाले भगवान् विष्णुको विशेष कृपा प्राप्त हुन्छ र पितृहरू खुसी हुन्छन् भन्ने मान्यता रहिआएको छ ।

आजको दिन दान तथा उपवास गरे ।१० प्रकारका पाप नाश हुने मान्यता रहेको छ । हिन्दुधर्मावल्मिबहरुले आजबाट दशं दिनसम्म जलाश्यमा स्नान गर्छन । दशदिनसम्म स्नान गर्न नसक्नेले दशमीका दिन मात्र स्नान गर्ने गर्छन ।

Comment


Related News

Latest News

Trending News