अपडेट 
२०८० जेष्ठ १८, बिहीबार ०६:०६

गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुमारी महतोले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी कानुन विपरीत काम नगर्दा बिचौलियाहरुले प्रत्यक्ष रुपमा ज्यान मार्ने धम्की दिएको उनले आरोप लगाएकी छन् ।

गौशाला नगरपालिका– २ निगौल स्थित निजी जग्गामा सार्वजनिक भवन बनाउन लागेको भन्दै उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट न्यायिक समितिमा उक्त उजुरी आएको थियो । सोही छलफलको क्रममा निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोको भाञ्जा सुरेन्द्र महतोले ज्यान मार्ने धम्की दिएको उपप्रमुख महतो आरोप लगाइन् । ‘मलाई नियोजित रुपमा मेरै कार्यकक्षमा ज्यान मार्ने तथा दुव्र्यवहारको प्रयास भएको छ । पूर्व योजना अनुसार वडाध्यक्ष र श्याम सुन्दर मण्डल र सुरेन्द्र महतोले ज्यान मार्ने प्रयास ग¥यो,’उनले भनिन् । उनीहरुसँगै नगर प्रमुख डा.दीपेन्द्र महतोले कानुन विपरीत काम गर्न दबाब दिएको उनले बताइन् । ‘उनीहरु नियम विपरीत काम गर्न दबाब दिने गरेको छ । उनीहरुको दबाबमा मैले काम नगरेपछि संघातिक आक्रमणमा उत्रिएको छ,’उनले भनिन् ।

गौशाला नगरपालिकाको वडा नं. २ निगौलमा निजी व्यक्तिको हकभोग रहेको जग्गामा नगरपालिकाबाट विनियोजित ३० लाख बजेटले सार्वजनिक भवन बनाउन लाग्दै छ । सो जग्गा जगदीश ठाकुर वहरीले भोग चलन गर्ने गरेका छन् भने उनको निजी जग्गा भएको बताइएको छ । उनीहरु माथि कारबाही हुनुपर्ने उनले माग गरिन् । ‘असुरक्षित महसुस गर्दैछु, मेरो घरबाट कतै निस्किए भने मेरो पछाडि मोटरसाइकल लगाएर पछाडि गर्छन् म कता जान्छु, के गर्छु, सबैको निगरानी हुन्छ,’उनले भने,‘त्यसको लागि मेयरले मान्छे नै खटाएको छ, यस्तो अवस्थामा म आफूलाई असुरक्षित महसुस गरिरहेको छु । त्यही भएर मलाइ मेरो सुरक्षाको प्रत्याभूति गराउन सबैपक्षसंग आग्रह गर्दछु ।’

Comment


Related News