अपडेट 
२०८० जेष्ठ १८, बिहीबार ०६:५७

जीतपुरसिमरा उपमहानगरपालिका –८ लोसन्डाका २६ वर्षीय प्रदीप कुशवाहा बेपत्ता भएको ४ बर्ष ५ महिना पुगिसकेको छ । बुवा र आमाको आशु नझरेको दिन छैन् । गाउँकै साथीहरुसँगै होटलमा खाजा खाएर घर आएका छोरा घरमा पस्नै नपाउँदा आएको फोनमा कुरा गरेर निस्केका छोरा अहिलेसम्म घर फर्किएर आएका छैनन् ।

विदेश जाने तरखरमा रहेका प्रदीपको गोजीमा ७५ हजार रुपैयाँ रहेको उनको आमा विद्यादवी कुशवाहाले बताइन् । २०७५ साल पुस १६ गते गाउँकै रधही सहनीले आफ्नो छोरा प्रदीपलाई वेपत्ता पारेको हुनसक्ने आमाको आशंका छ । वेपत्ता भएको छोराको खोजी गर्न पुलिस प्रशासन ,नातागोता सबै चहारे कही फेला परेन् भनिरहँदा गहभरि आँशु थियो । प्रदीप मरे÷बाँचेको औपचारिक खबर आएको छैन । उसको ९ वर्षीय छोरा र ७ वर्षीया छोरीले बाबा कति खेर आउनुहुन्छ भनि रहँदा आफूहरु निशब्द हुने गरेको बुवा अशोक कुशवाहाले बताए । प्रदीपका छोराछोरी बुवा नआएको यति समय भयो कति खेर आउनुहुन्छ प्रश्न गर्दै भन्छन्,अब बुवा आएपछि कहिले बाहिर जान नदिनुहोला । हामी सम्झाउँदै उनीहरुलाई तिमीहरुको बुवा अब चाडै आउनुहुन्छ भन्छौ प्रदीपको बुवा आँसु झार्दै बताए । प्रहरीले सास र लाशको विषयमा अहिलेसम्म प्रदीपको परिवारलाई केही भन्न सकेको छैन् ।

प्रदीप वेपत्ता भएको घट्नामा प्रहरीले उनीसंगै खाजा खान गएका स्थानीय तीन जनालाई पक्राउ गरेको थियो । त्यो घट्नामा प्रहरीले ४० वर्षीय प्रदीप पासवान , ४२ वर्षीय पच्चु पासवान र ५२ वर्षीय रधही सहनीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रमाणको अभावमा प्रहरीले पक्राउ परेका तीनै जनालाई छोडेको थियो । प्रदीपको बुवा अमर कुशवाहाले प्रहरी नियन्त्रणमा रधही सहनीले मलाइ छुटाइ दिनुस तपाईको छोरालाई म ल्याइदिन्छु भन्नेपछि आफूले एसपीसंग अनुरोध गरेर छुटाएको बताए । ५२ वर्षीय रधही अहिले आफनो परिवारसँगै गाउँ छाडेर फरार छन् । छोराको खोजीमा नेपाल र भारतको कुना कुनामा आफू पुगेको बुवा अमर कुशवाहाले बताए ।

छोराको खोजीमा सगुन ,भाकललगायतको थुप्रै कार्य गरेको उनले सुनाए । छोरा प्रदीपको खोजीमा जग्गा बेचेर करीब १६ लाख खर्च भइसकेको बुवा अमरले बताए । प्रदीपको बुवा अमरले छोरा बाँचेको वा मरेको प्रमाणित नभइदिँदा आफूहरुको मन विचलित भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News