अपडेट 
२०८० जेष्ठ १८, बिहीबार १२:११

भारत भ्रमणम रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

बिहीबार हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच भेटवार्ता भएको हो । भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । दुई प्रधानमन्त्रीले आजै सयुक्त पत्रकार सम्मेलन समेत गर्नुहुने छ ।

त्यसअघि बिहीबार प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्पहार अर्पण गर्नुभएको थियो ।

Comment


Related News