अपडेट 
२०८० जेष्ठ १८, बिहीबार १८:३७

धनुषा प्रहरीले अलग–अलग स्थानबाट विभिन्न मितिमा पक्राउ परेका १३ जना चोरीका आरोपीहरुलाई सार्वजनिक गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेहरु मध्ये जनकपुरधाम उपमहानगरपालिका–१६ का १३ वर्षीय आनन्द कुमार कर्ण रहेका छन । उनीमाथि पेठिया बजारमा तरकारी किन्न आउने महिलाहरुको सिक्री तानेर चोरी गरेको आरोप लागेको छ ।

त्यस्तै, सडकमा कुरा गरिरहेको बेला हात बाट मोबाईल खोसेर भाग्दै गरेको अवस्थामा क्षीरेश्वरनाथ नगरपालिका–१० का २७ वर्षीय सुभाष कुमार दास पक्राउ परेको सम्मेलनमा बोल्दै डिएसपी वेद प्रकाश गौत्तमले जानकारी दिए ।

त्यसैगरी सुनचाँदी गरगहना र नगद चोरी गरेको आरोपमा सर्लाही मलंगवा ८ का २३ वर्षीया मनिका साह र धनुषा सबैला नगरपालिका– २ का राजन सदालाई पक्राउ गरिएको उनले बताए । उनकाअनुसार मनिका साह जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा आउने पर्यटक एवम् श्रद्धालुभक्तजनहरुको सुन चाँदी गहनाहरु चोरी गर्दा गर्दै पक्राउ परेकी छन् ।

त्यसैगरी, धनुषाको नगराइन– ६ बस्ने ३० वर्षीय राज कुमार दास चोरी गर्ने उद्येश्यले घरमा प्रवेश गर्दा घरधनीले थाहा पाई प्रहरीलाई खबर गरी पक्राउ परेको बताइएको छ । त्यस्तै साईकल चोरी गरेको आरोपमा धनुषाको मिथिला विहारी नगरपालिका–१० का १८ वर्षीय रोहित कुमार मण्डल र जनकपुरधाम उपमहानगरपालिका १२ का १८ वर्षीय शनि मेस्तर पक्राउ परेका छन् ।

त्यस्तै, मोटरसाईकल चोरी गरेको आरोपमा धनुषाको कमला नगरपालिका वडा नं.८ का २१ वर्षीय मनिष कुमार कुशयत र कमला नगरपालिका वडा नं. ५ का २५ वर्षीय सुवान कुमार मरिक पक्राउ परेका छन ।

त्यस्तै, चोरीको मोटरसाईकल खरीद गरि प्रयोग गर्दै आएको आरोपमा धनुषाको नगराईन ३ का २८ वर्षीय अजय कुमार यादव, धनुषाको कमला नगरपालिका ३ का २२ वर्षिय मनोज मुखिया पक्राउ परेका छन् ।

त्यस्तै, मोटर चोरी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका १३ का १७ वर्षीय श्याम कुमार यादव रहेका छन । त्यस्तै, फलामको रड चोरी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका १४ का २१ वर्षिय रविन यादव पक्राउ परेका छन ।

चोरी आरोपमा पक्राउ परेकाहरुमध्ये अधिकांश लागुऔषध दुव्र्यसनी रहेको सेवन गर्नेहरु रहेको बताउँदै धन’षाका प्रहरी प्रमुख विश्वराज खड्काले भने,‘पैसाको अभावमा उनिहरुले मोटरसाईकल, सुन, गरगहना, मोटरलगायतका सामान चोरी गरि भारत लगेर बेच्ने गरेको पाईएको छ’ पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको उनले थपे ।

Comment


Related News

Latest News

Trending News