अपडेट 
२०८० जेष्ठ १९, शुक्रबार १४:४८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लुकाईछिपाई लैजान लागेको अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१, शिवपथ स्थायी घर भएका ४६ वर्षीय सन्तोषकुमार चौधरीलाई आठ हजार ७०० अमेरिकी डलरसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैङलोर जान लागेका चौधरीलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा पक्राउ गरेको बताइएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

Comment


Related News