अपडेट 
२०८० जेष्ठ २०, शनिबार ०६:५३

धनुषा प्रहरीले चोरीको आरोपमा दिनकै दिन मानिसहरु पक्राउ गरिरहँदा चोरीको घटना भने रोकिएको छैन । पछिल्लो पटक प्रहरी गस्ती भइरहेको नजिकबाट केहि दूरीमै ट्याक्टर चोरी भएको घटना बाहिर आएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–११ मिल्स एरिया चोकमा रहँदै आएको प्रहरी गस्ती टोलीभन्दा मात्र १ सय ५० मिटरको दूरीमा ट्याक्टर चोरी भएको छ । बिहीबार राति १ बजे राम इन्टरप्राइजको नाममा लिएर ट्रैक्टर चलाउँदै आएका सरोजकुमार साहको घर नजिकै ट्याक्टर चोरी भएको प्रहरीले जनाएको छ । प्रदेश २–०२–००१त २१३३ नम्बरको सोनालिका ट्याक्टरउनले घर नजिकै पार्क गरेर राखेका थिए । यद्यपि प्रहरी गस्ती हुने ठाउँबाट केही दुरीमै चोरहरु ट्याक्टर चोरेर भाग्न सफल भएका छन् ।

Comment


Related News