अपडेट 
२०८० जेष्ठ २१, आईतवार ०६:४०

यस वर्ष धनुषाबाट ३३ जना हज यात्री हजको लागि काठमाण्डु प्रस्थान गरेका छन् । जिल्लाका जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, मिथिला विहारी नगरपालिका, गणेशमान चारनाथ नगरपालिकासहितका ३३ जना यस वर्ष हजका लागि खाडी मुलुक साउदीको मक्का मदिना जान लागेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

शनिबार हजका लागि घरबाट प्रस्थान गरेका हज यात्रीहरु राति काठमाण्डु स्थित काशमिरी मस्जिदमा बसोवास गर्ने र त्यहाँबाट आइतबार हजका लागि साउदी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । धनुषाका १२ जना महिलासहित ३३ जना हजका लागि साउदी जान लागेका छन् । यस वर्ष नेपालबाट हजका लागि १ हजार १८० जना हाजी हज गर्न खाडी मुलुक साउदीको मक्का मदिना जान लागेका छन् । इस्लाम धर्मका पाँच वटा आधार स्तमभ मध्ये हज पनि एउटा महत्वपूर्ण स्तभ रहेको छ । तर हज हुने खाने सम्पन्न मुस्लिमलाई अनिवार्य गरिए पनि गरीब विपन्नलाई भने छुट गरिएको छ । हज गर्दा पुण्य तथा मोक्ष प्राप्ति हुने जन विश्वास रहेको हज यात्री मास्टर क्युमले बताए । प्रत्येक वर्ष नेपालसहित संसारभरिका मुस्लिम सामुदाय हज गर्न लागि साउदी जाने गरेका छन् ।

इस्लाम धर्मावल्मीहरुको लागि साउदी महत्वपूर्ण स्थल मानिएको छ । साउदी सरकारले यस वर्ष १ हजार २ सय नेपाली हज यात्रीको लागि कोटा प्रदान गरिएको हज कमिटीका पूर्व सदस्य मो. कैसले जानकारी दिए । कोभिड कालमा कोटा निकै न्यून दिएको थियो । यस वर्ष नेपाल सरकारले प्रत्येक हज यात्रीसंग ४ लाख ६५ हजार रुपैयाँ लिने परिपत्र गरेको छ । नेपाल सरकारले हज यात्रीहरुसंग चर्का रकम असुल गरे पनि हज यात्रीहरुको लागि साउदीमा बस्ने र खाने राम्रो व्यवस्थापन गर्न नसकिरहेको गुनासो रहँदै आएको छ ।

यस वर्ष नेपालबाट हज गर्न धनुषाबाट ३३,काठमाण्डुबाट ३४,मोहत्तरीबाट ४१,पर्साबाट २६ र सर्लाहीबाट ३९ जना रहेको छ । त्यसैगरी, कपिलवस्तुबाट १९१,कैलालीबाट २,सुर्खेतबाट १ बर्दियाँबाट ५ दाङ्गबाट ३ र अर्घाखाँचीबाट ८ जना रहेको छ । त्यस्तै, नवलपरासी पश्चिमबाट ९ पालपाबाट २३ र चितवनबाट २ जना रहेको छ । तनहुँबाट ३ रुपन्देहीबाट ३,नुवाकोटबाट ४,बाँकेबाट १३६,रुपन्देहीबाट १०४,रौतहटबाट ९५ र बाराबाट २७ जना रहेको छ । त्यसैगरि झापाबाट १०,मोरङ्गबाट २२,सुन्सरीबाट १८४ सप्तरीबाट २ र बाँकेबाट २ जना रहेका छन् ।

 

Comment


Related News