अपडेट 
२०८० जेष्ठ २१, आईतवार ०६:५०

जनकपुरधाममा तीन दिवसीय विमर्श कार्यक्रम हुन लागेको छ ।

आगामी शुक्रबारदेखि विमर्श फाउण्डेशनको आयोजनामा कार्यक्रम हुन लागेको छ । ‘एक दीप चेतनाक’ नारासहित हुन लागेको कार्यक्रममा १८ वटा विषयमा विज्ञहरुसंग विमर्श गरिने आयोजक संस्थाकी अध्यक्ष विभा झाले जानकारी दिइन् । उनका अनुसार आगामी शुक्रबार साँझ ४ बजेदेखि कार्यक्रम सुरु हुन्छ । पहिलो सत्र ‘ इएह छी हमर जनकपुर’ शीर्षकको सत्र राखिएको छ । यस सत्रमा जनकपुरधामको सुन्दरताको विषयमा साकारात्मक छलफल हुनेछन् । त्यही मञ्चमा दोस्रो सत्र कवि सम्मेलन गरिने छ । पहिलो दिनको सत्र पोखरीको डिलमा गरिनेछन् । त्यहाँ दीप (साँझ) दिइन्छ । गीतनाद गायनबाट पहिलो दिनको कार्यक्रम सम्पन्न हुनेछ ।

दोस्रो दिन शनिबार विहान ९ बजेदेखि कार्यक्रमहरु राखिएको छ । दोस्रो दिनको पहिलो सत्र ‘अतीतक आगंनमे भविष्यक अरिपन’ विषयमा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलसँग महेन्द्र मलंगिया, सिके लाल, धीरेन्द्र प्रेमर्षि, परमेश्वर कापडी, प्रेम लता मिश्र र डा. भीमनाथ झाले उक्त विषयमा चर्चा गर्नेछन् । प्राध्यापक डा.रामअवतार यादवले ‘मध्य मैथिलीक सहायक क्रिया रूप’ विषयमा एकल प्रवचन दिनेछन् ।

यस्तै, ‘स्त्री विमर्श’ मा एक दर्जनभन्दा बढी महिलाहरुलाई वक्ताको रुपमा राखिएको छ । सहभागी सबै महिला वक्ता आफ्नो आफ् नो क्षेत्रका अब्बल रहकी छन् । राजनीतिक अस्तित्व शीर्षकमा पनि छलफल गरिनेछ । ‘मैथिली साहित्यमे दलित चेतना’ विषयमा डा. तारान्नद वियोगी, डा. अशोक कुमार मेहता, नित्यानन्द मण्डल, रोसन जनकपुरीले बहस गर्नेछन् भने यस कार्यक्रमलाई पत्रकार श्याम सुन्दर शशिले सञ्चालन गर्ने छन् । ‘मैथिलिक समकालीन कथा साहित्य आ नव पीढीक चुनौती’ विषयमा कथाकार अशोक, प्रदीप विहारी, रमेश रञ्जन र गुंजन श्रीले बहस गर्नेछन् भने साहित्यकार रमेश रञ्जन झाले कार्यक्रम सञ्चालन गर्नेछन् ।

यस्तै जलाधार संरक्षण विषयमा विजय कुमार सिंह दनुवार, नागदेव यादव, उमाकान्त झाले छलफल गर्नेछन् भने पत्रकार अनिल कर्णले कार्यक्रम सञ्चालन गर्नेछन् । यस कार्यक्रममा कुल दशदेखि बाह्र लाख खर्च हुने अनुमान आयोजक संस्थाले गरेको छ ।

Comment


Related News

Latest News

Trending News