अपडेट 
२०८० जेष्ठ २१, आईतवार १२:२०

अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टीमले टी-२० शृंखलाको उपाधि जितेको छ ।

शृंखलाको पहिलो खेल हारेको नेपाल दोस्रो र तेस्रो खेल जित्दै जित नजिक पुगेको थियो । चौथो खेलमा मलेसियाले नेपाललाई हराउँदै शृंखला बराबरी गरेको थियो । तर, अन्तिम खेलमा नेपालले शानदार जित निकाल्दै शृंखला ३-२ ले आफ्नो पक्षमा पार्‍यो ।

शृंखलाको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले निर्धारित २० ओभरमा १ सय १० रनको लक्ष्य पाएको थियो । जवाफमा दोस्रो इनिङमा नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो र शानदार जित निकाल्यो ।

नेपालको जितमा ओपनर सिता राना मगरले सर्वाधिक ३४ रन जोडिन् । कप्तान रुविना क्षेत्री २३ रन जोडेर आउट हुँदा अप्सरी बेगम र ज्याती पाण्डे ११ रनमा अविजित रहे ।

मलेसियाको बलिङमा ऐन्ना हाजिमाले दुई विकेट लिँदा माहिरा, विनिफर्ड, ऐस्या र नुरले समान एक विकेट लिए । पहिला ब्याटिङ गरेको मलेसियाका लागि वान जुलियाले सर्वाधिक ४७ रनको इनिङ खेलनि । ओपनर विनिफर्डले २४ रन र माहिराले २० रन योगदान गरे । भने, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा कविता जोशीले दुई र इश्वरी विष्टले एक विकेट लिए ।

Comment


Related News

Latest News

Trending News