अपडेट 
२०८० जेष्ठ २१, आईतवार १८:५४

जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि युवाहरुले विरोध प्रदर्शन गरेका छन ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेपछि आईतबार विहानैदेखि नागरिकता बनाउन पुगेका युवाहरुलाई बेलुकीसम्म कुराएर नागरिकता हाललाई नबन्ने जानकारी जिल्ला प्रशासन कार्यालयले गराएपछि युवाहरु आक्रोसित भएर चक्काजाम गदै विरोध जनाएका छन । अहिले जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो अबरुद्ध छ । आक्रोसित युवाहरुले टायरसमेत बालेर प्रमुख जिल्ला अधिकारी मुर्दावादको नारा लगाउँदै छन । प्रहरी प्रशासनले स्थित नियन्त्रणमा लिने प्रयास गर्दै छन तर आक्रोसित युवाहरुले नागरिकता नबनुनजेल सडक अबरुद्ध गर्ने भन्दै बिरोध गर्दै आएका छन ।

Comment


Related News

Latest News

Trending News