अपडेट 
२०८० जेष्ठ २१, आईतवार २०:०९

कृषि विकास बैंकले सिरहाको एक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । बैंकको लहान शाखाले धनगढी न.पा.-१३ स्थित श्री आधारभूत विद्यालय कैलाशपुर, भर्लेनीलाई एक लाख बराबरको अध्यापनमा सहयोग पुग्ने सामाग्री सहयोग गरेको हो ।

जेठ १९ गते विद्यालयमा आयोजित औपचारिक कार्यक्रमका बिच बैंकका मधेश प्रदेश निर्देशक नवीन कुमार पाख्रिनले विद्यालयका प्रधानाध्यापक अमर कुमार योन्जनलाई प्रोजेक्टर-१ थान, प्रिन्टर -१ र स्टेपलाइजर -१ हस्तान्तरण गर्नुभयो ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो आम्दानीको कम्तीमा १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्नुपर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार बैंकको लहान शाखाले सहयोगका लागि उक्त विद्यालय छनौट गरेको शाखा प्रबन्धक रामचन्द्र यादवले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष किताब तामाङको अध्यक्षतामा सञ्चालित हस्तान्तरण कार्यक्रममा आफ्नो मनत्व्य राख्नुहँदै वडा अध्यक्ष सूर्यमान तामाङले आफ्नो वडाको राम्रो विद्यालयलाई छनौट गरि सहयोग गरेकोमा कृषि विकास बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै बैंकका मधेश प्रदेश निर्देशक पाख्रिनले कृषि विकास बैंक सम्पूर्ण बैंकिङ सुविधा सहितको वाणिज्य बैंक भएकोले नजिकैको शाखाबाट सुविधा लिन आग्रह गर्नुभयो । ग्रामीण स्तरसम्म पँहुच पुर्याउन ठाउँ ठाउँमा शाखा सञ्चालन गरि सेवा पुर्याइरहेकोले भरोसा एंव विश्वासका साथ कारोबार गर्न वहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै विद्यालयका प्रधानाध्यापक योन्जनले बैंक बाट प्राप्त सामाग्रीले शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने बताउनुभयो । बैंकका प्रदेश कार्यालय र लहान शाखाका कर्मचारीहरू, व्यवस्थापन समिति सदस्यहरू, अभिभावकहरू तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको उक्त कार्यक्रम शिक्षक रामरिझन दासले सञ्चालन गर्नुभएको हो ।

Comment


Related News

Latest News

Trending News