अपडेट 
२०८० जेष्ठ २२, सोमबार ०७:२१

धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट एक जनालाई बिचौलियाको काम गरेको आरोपमा पक्राउ गरेको छ ।

आइतबार करीब १२ बजेको समयमा जनकपुर उपमहानगरपालिका–१९बस्ने किशोरी यादवको २६ वर्षीय छोरा पुनित यादवलाई बिचौलिया आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरधाम उप– महानगरपालिका वडा नं. १४ स्थित यातायात कार्यालय जनकपुरधाममा बिचौलियाको काम गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिप्रका धनुषाका सूचना अधिकारी वेद प्रसाद गौत्तमले जनाए । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रण कक्षमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News