
नेपाल मुस्लिम संघ धनुषाका सभापति इबराहिम राइन लखेटिएका छन् ।
पार्टीको कारबाहीमा परेका उनले सोमबार गोप्यरुपमा संघकै क्षेत्रीय अधिवेशन गर्दा लखेटिएका छन् । सोमबार महेन्द्रनगरस्थित क्षेत्रीय पार्टी कार्यालयमा नेपाल मुस्लिम संघ धनुषा निर्वाचन क्षेत्र ४ को अधिवेशन उनले गोप्य रुपमा गर्न खोज्दा उनलाई प्रदेश सांसद कुमरकान्त झाको नेतृत्वमा गएको टोलीले भगाएका थिए । सो मुस्लिम संघ नेपाली कांग्रेस निकट भातृ संगठन रहेको छ । उनले गत मंसिरमा भएको निर्वाचनमा पार्टीसँग अन्तर्घात गरेका थिए । त्यसपछि उनीसहित चार जनालाई पार्टीले अनुशासन विपरीत काम गरेको भन्दै गत मंसिर १९ गते कारबाही गरेका थिए । उनीमाथि निर्वाचनको एक दिन नेकपा एमालेको प्रचारप्रसारमा सहभागी भइ अनुशासन विपरीत काम गरेको आरोप छ ।