अपडेट 
२०८० जेष्ठ २३, मंगलवार १३:२४

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ।

श्री एयरलाइन्सको जहाज मंगलबार बिहान ८:१० मा काठमाडौंबाट धनगढीका लागि उडेको थियो। तर उडेको केही समयपछि जहाजमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

उनका अनुसार जहाजमा प्रेसराइजेसन सिस्टममा समस्या आएको थियो। जहाज साढे ८ बजे काठमाडौंमा सकुशल अवतरण भएको थियो।

यात्रुहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाइसकेको उनले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News