अपडेट 
२०८० जेष्ठ २४, बुधबार ०५:३१

धनुषा प्रहरीले दुईवटा चोरीको भैँसीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका– ७ का ३७ वर्षीय बली मुखिया रहेका छन् ।

गत २१ गते रातिको समयमा मिथिला विहारी ६ पथरा टोलका सुबलाल यादवको गोठबाट मुखियाले २ वटा भैँसी चोरी गरेका थिए । तारापट्टी टोलस्थित भित्री सडक खण्डमा भैँसीलाई पैदल हिँडाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । मुखियालाई चोरी सम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News