अपडेट 
२०८० जेष्ठ २४, बुधबार ०५:४५

धनुषा प्रहरीले विभिन्न मितिमा हराएको दुई वटा मोटरसाइकल फेला पारेर धनीलाई जिम्मा लगाएको छ ।

विगत जेठ २० गते जनकपुरधामको गंगागार पोखरीको डिलबाट धनुषाको लक्ष्मिनिया–७ का धीरेन्द्र झाको मोटरसाइकल चोरी भएको थियो । ज.१२ प ३३३ नं. को कालो होण्डा साईन मोटरसाइकल प्रहरीले मंगलबार फेला पारेर सम्बधित धनीलाई बुझाएको छ ।

त्यसै गरी जेठ ११ गते जनकपुरधाम उपमहानगरपालिका– ६का बब्लु मेस्तरको प्र.२–०२– ००१ प ४४१० नं. को अपाचे मोटरसाइकल मालपोत कार्यालय जनकपुरधामबाट चोरी भएको थियो । सो मोटरसाइकल पनि मंगलबारै फेला पारेर सवारी धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी वेदप्रसाद गौत्तमले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News