अपडेट 
२०८० जेष्ठ २४, बुधबार १३:१८

महोत्तरीमा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट सप्तरीको राजविराज जाँदै गरेको ना ६ ख १८८२ नम्बरको बस बुधबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका-११ स्थित पूर्वपश्चिम राजमार्गको शिव चोकनजिकै दुर्घटनामा पर्दा ८ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा सप्तरीका ३० वर्षीय फूल कुमार पासवान, सिरहा नरहा-१ का २४ वर्षीय नागेश्वरी महतो, कल्याणपुर-६ का ४५ वर्षीय डोमा दास, कर्जनाहा-३ का २१ वर्षीय रामबिनय दास, २० वर्षीय मन्दिप महतो, २१ वर्षीय मिथलेश दास र सिरहाको गोलबजार नगरपालिका-६ का २७ वर्षीय राजु सदा रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार सडक छेउमा बिग्रिएर राखिएको प्रदेश-२-०१-००१ख ०२२१ नम्बरको ट्रकमा बिहान ६ बजेतिर सो बस ठोक्किंदा दुर्घटना भएको हो ।

बसमा रहेका २२ जना यात्रु मध्ये अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको भने बर्दिबासस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News