अपडेट 
२०८० जेष्ठ २४, बुधबार १८:५९

बारामा शिशुको हत्या गरी फरार रहेका आरोपित बुवा पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना पुरूषलाई पक्राउ गरेको प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।  प्रहरीले बारा देवताल गाउँपालिका-४ तिप्रडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डा पिपलबोटबाट मंगलबार साँझ साढे ५ बजे पक्राउ गरेको हो।

उनले जेठ १४ गते बेलुका आफ्नै १४ दिनको छोराको हत्या गरेको आरोप छ। उनलाई पक्राउ गरिदिन जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले उनलाई बारा पठाएको छ।

Comment


Related News

Latest News

Trending News