अपडेट 
२०८० जेष्ठ २५, बिहीबार ०७:२७

मधेश प्रदेश सरकारले चार वर्षअघि खरिद गरेको बस हालसम्म हस्तान्तरण गर्नमा नै सीमित भएको छ । सरकारले खरिद गरेको पाँच वटा बस एक अर्कालाई हस्तान्तरण गर्नमै सीमित बनेको बुझिएको छ । सोका कारण बसहरू अहिलेसम्म सञ्चालनमा आउन नसकेको छैन ।

प्रदेश परिवहन सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले सप्तरीको राजविराजदेखि पर्साको वीरगञ्ज महानगरसम्म प्रदेशका आठवटै जिल्लाहरूमा चलाउने भनी खरिद गरेको थियो । ०७७ सालमा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको मन्त्रालयले ३ करोड ३९ लाख ७५ हजारमा ५ बस खरिद गरेको थियो । विगत चार वर्षदेखि बसहरू प्रदेश सरकारले विभिन्न संघ सस्थांहरुलाई चलाउनको लागि उपलब्ध गराउँदै आएको छ प्रदेश सरकारले पाँच वटा बसलाई ०७८ साल फागुन २४ गते निर्णय गरेर प्रदेश कृषि विश्व विद्यालय, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कृषि व्यवसाय सहयोग तथा तालिम केन्द्र र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको थियो । तर, ती बसहरूमध्ये प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले ०७९ साल मंसिर ९ गते मधेश विश्व विद्यालय वीरगञ्जलाई हस्तान्तरण गरेको छ ।

बस चल्न नसकेपछि प्रदेशका विभिन्न संघ सस्थांहरुबाट घुमिफिरी पाँचवटा बस मध्ये एउटा बस वीरगञ्जस्थित मधेश विश्व विद्यालयमा पुगेको छ । प्रदेश सरकारले नै बसहरू चलाउन नसकेर सघं संस्थाको जिम्मा लगाउने क्रम बढेपछि महालेखा परीक्षकको कार्यालयले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न भनेको छ । आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनमा महालेखाले आवश्यकताको विश्लेषण नगरी बस खरिद गर्ने र सार्वजनिक सम्पत्तिको उचित प्रयोग तथा संरक्षण नगर्ने पदाधिकारलाई जिम्मेवार बनाउन आफ्नो वार्षिक प्रतिवेदनमा बताएको छ । साथै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको दुईवटा बसहरूमा लेखापरीक्षणको अवधिसम्म नम्बर प्लेटसम्म नराखिएको महालेखाले आफ्नो बसहरूमा प्रतिवेदनमा जनाएको छ ।

मधेश विश्व विद्यालयमा अध्ययन अध्यापन सुरु नभएकोले त्यहाँ रहेको एउटा बससमेत थन्काएर राखिएको छ । यसरी मधेश सरकारले प्रदेश वासीहरूको लागि खरिद गरेको करोडौँको बसहरू अहिले थन्किएर बसेको छ ।

Comment


Related News

Latest News

Trending News