अपडेट 
२०८० जेष्ठ २५, बिहीबार ०८:०३

जनकपुरबाट मोटरसाइकल चोरेर भाग्दै गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ३ का ३६ वर्षीय देबेन्द्र मण्डल छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार बुधबार साँझ पौने ६ बजेको समयमा रेल्वे स्टेशन तरकारी बजार नजिक स्थानीय अजय सिंहको ज. प ५८१४ नम्बरको मोटरसाइकल चोरी भएको थियो । चोरी गरी भाग्दै गरेको अवस्थामा मण्डललाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

मण्डल तीनदिन अघि मात्र साइकल चोरी आरोपमा साइकल चोरी आरोपमा धरौटीमा रिहा भएका थिए ।

Comment


Related News

Latest News

Trending News