अपडेट 
२०८० जेष्ठ २५, बिहीबार १०:२३

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यर्काकारिणी समिति बैठक शनिबारका लागि बोलाइएको छ।

जेठ २७ गते शनिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विधान अधिवेशनको तयारी र समसामयिक राजनीति विषयमा छलफल हुनेछ।

पार्टी कार्यालयमा बस्ने बैठकमा सरकारमा रहेका मन्त्रीको काम, गठबन्धन सरकारको समिक्षादेखि पार्टीको संगठनसम्मका विषयमा छलफल हुने स्रोतले बताएको छ।

Comment


Related News

Latest News

Trending News