
धनुषा प्रहरीको हिरासत कक्षको पर्खाल फोडेर फरार भएका थुनुवा साढे ४ महिनापछि पक्राउ परेका छन् ।
गत माघ १६ गते बिहान करिब साढे ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको पर्खाल भत्काई फरार भएका क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया बस्ने २५ वर्षीय रोशन यादव पक्राउ परेको प्रहरीले जनाएका छन् ।
यादवलाई शनिबार बिहान साढे १० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भारतको सितामढीबाट महोत्तरीको औरही बजारस्थित आफ्नो दिदिको घर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काएर ६ जना थुनुवाहरू फरार भएका थिए ।फरारमध्ये पाँच जना थुनुवाहरु पहिलेनै फरकफरक मितिथमा पक्राउ परिसकेका थिए भने यादव हालसम्म फरार थिए ।