अपडेट 
२०८० जेष्ठ २७, शनिबार २०:३७

धनुषाका पुस्तक व्यवसायीहरुको प्रशिक्षण एवम् समिक्षा बैठक सम्पन्न भएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्वारा शनिबार आयोजित समिक्षा एवम् प्रशिक्षण कार्यक्रममा करिब एक सय पुस्तक व्यवसायीहरुको सहभागिता रहेको थियो । प्रसिद्ध प्रकाशन प्राइभेट लिमिटेडतथा वेदान्त पब्लिकेशनको संयुक्त संयोजनमा भएको सो बैठकमा पुस्तक व्यवसायीहरुलाई संचालन गर्दै आएको व्यवसायलाई अझै कसरी व्यवस्थित रुपमा व्यवसायिक बनाउनेबारे मोटिभेसनल तालिम प्रदान गरिएको जानकारी महासंघ धनुषाका अध्यक्ष सरोज कुमार चौधरीले दिए । सहभागी पुस्तक व्यवसायीहरुला ई भारतको देहरादुनबाट आएका प्रशिक्षक ईन्जिनियर धीरज पजियार तथा को ट्रेनर जनकपुरधामका मनोज साहले सीपमुलक प्रशिक्षण दिएका थिए ।

यस प्रकारको प्रशिक्षणको संघले प्रथम पटक गरेको र यसले पुस्तक व्यवसायीहरुको मनोबल बढ्ने विश्वस व्यक्त गरेको अध्यक्ष चौधरीले बताए । उनले आगामि दिनहरुमा यस प्रकारका प्रशिक्षणहरु निरन्तर रुपमा आयोजना गरिने बताए ।

Comment


Related News

Latest News

Trending News