अपडेट 
२०८० जेष्ठ २८, आईतवार ०६:२२

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले महिला र पुरुषले समान रुपमा हातेमालो गरेर अगाडि नबढेसम्म प्रदेशको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन् ।

धनुषाको नगराइन नगरपालिकाले शनिबार आयोजना गरेको पूर्ण खोप घोषणा कार्यक्रममा उनले सो कुरा बताएका छन् । ‘घर होस कि पालिका,प्रदेश या देश जबसम्म महिला पुरुषहरु मिलेर काम गर्दैनन् तबसम्म समृद्धि सम्भव छैन।’,उनले धारणा राखे । स्वास्थ्यकर्मीहरुको अथक मिहिनेतले नगराइन नगरपालिकालाई पूर्ण खोप घोषणा गर्न सम्भव भएको भन्दै प्रदेशको स्वास्थ्य अवस्थामा थुप्रै सुधार गर्दै जानुपर्ने बताए । प्रदेशको विभिन्न आठ वटा जिल्लामा रहेको प्रादेशिक अस्पतालहरुबाट स्वास्थ्यमा सुधारको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशी राज दाहालले मानवको लागि स्वास्थ्य नै सबै थोक रहेकोले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारी निकाय मात्र नभइ सबै पक्षले मिलेर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । मन्त्री सिंहले स्वास्थ्य संस्थाहरु अझै पनि भाडाकै घरमा संचालनमा रहनु दुर्भाग्यपूर्ण रहेको बताउँदै विभिन्न संस्थाहरुको आफ्नै भवन निर्माणका लागि विशेष योजना ल्याउन लागिएको जानकारी दिए ।

नगराइन नगरपालिकाका मेयर विनय कुमार यादवको सक्रियतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.प्रमोद कुमार यादव,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रतिनिधि,विभिन्न स्वास्थ्य चौकीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News