अपडेट 
२०८० जेष्ठ २८, आईतवार १२:५४

कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा नजिकै पर्ने खटियास्थित चरकपुरमा भएको सडक दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ ।

शनिबार उल्टाखाममा पूजापाठ सकेर भारतको उत्तराखण्ड खटिमास्थित मुडेलीतर्फ फर्किने क्रममा विपरित दिशाबाट गुडिरहेको कारले ठक्कर दिँदा एकै परिवारका चार जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

एकै परिवारका चार जना वनबासा हुँदै दुईवटा स्कूटरमा खटियातर्फ गइरहेका बेला दुर्घना भएको हो । 

दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम घर भएका नेमबहादुर चन्द, उनकी श्रीमती सरस्वती, बुहारी नर्मदा र भाइ बुहारी कल्पना चन्दको मृत्यु भएको हो ।
चकरपुरमा उनीहरूलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‌याउने बित्तिकै मृत घोषित गएिको थियो । मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

Comment


Related News

Latest News

Trending News