अपडेट 
२०८० जेष्ठ २८, आईतवार १३:२३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर गोली चलेको छ ।

विमानस्थलको गेटनजिक लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो । टोलीले लागूऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।

ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ ।

Comment


Related News

Latest News

Trending News